
अत्तरिया – सँस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले एमसीसीको बारेमा अहिलेसम्म आफ्नो पार्टीले कुनै निर्णय नगरेको बताएका छन् । कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रादेशीक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आलेले पछील्लो समय एमसीसीको विषय जोडतोडले आवाज उठीरहको भएपनी आफ्नो पार्टीले हालसम्म कुनै निर्णय नगरेको बताएका हुन् ।
पार्टीको निर्णय नै आफ्नो निर्णय हुने बताँउदै उनले एमसीसीको पक्षमा भोट हाल्ने नहाल्ने पार्टीले निर्णय गरे बमोजीम गर्ने बताए । उनले एमसीसीको बारेमा पार्टीले गरेको निर्णय नै आफुलाई मान्य हुने बताए ।

पछील्लो समय कतिपय मिडीयामा प्रेम आलेले नयाँ दल खोल्न लागेको भनी भ्रामक समाचार आएको भन्दै त्यसमा एक प्रतिशत पनी सत्यता नभएको उनले बताए । कार्यक्रममा बोल्दै मन्त्री आलेले यस क्षेत्रको विकासका लागी आफु सधैँ तयार रहेको बताएका छन् । ।














