
अत्तरिया – कैलालीको गोदावरी पुलमा घोडा सफारी संचालन गरिएको छ । जिल्लाको गोदावरी नगरपालीका वडा नम्बर ३ का युवा शुशिल ताम्राकारले पुलमा घोडा सफारी संचालन गरेका हुन् ।
उनले हरेक शनीबार पुलमा घोडामा सफारी गर्न सकिने बताए । सफारीकालागी उनले दुइओटा घोडाको व्यवस्था गरेका छन् । दुइ हप्ताअघिदेखी गोदावरी पुलमा घोडा सफारी संचालन गरेको बताँउदै उनले भने“अरु दिन काममा ब्यस्त हुन्छु,शनीबार घोडा लिएर गोदावरी आउने गरेको छु ।” घोडा चढेको प्रतिव्यत्ति पचास रुपैँया लिने गरेको उनले बताए ।


शनीबारको दिन ६० जना भन्दा बढी व्यत्ति गोदावरी पुलमा घोडा सफारी गरिरहेको उनले सुनाए । गोदावरीको काठे पुलमा पछील्लो समय आन्तरीक तथा बाह््य पर्यटकको भिडभाड हुने गरेको देखेपछी यहाँको पर्यटनलाई थप प्रा्रेत्साहन गर्न तथा केहि आम्दानी पनी गर्न पुलमा घोडा सफारी संचालन गरेको उनले बताए ।

व्यवशायीक रुपमा ६ ओटा घोडा पालन गर्दे आएको बताँउदै ताम्राकारले भने“ यसैबाट आफुपनी स्वरोजगार बनेको छु र अन्य ६ जनालाई काम पनी दिएको छु ।” शनीबारको दिनमा तिन हजार भन्दा बढी आम्दानी हुने गरेको उनले सुनाए ।

प्रति घोडा डेढ लाख मुल्यमा किनेर ल्याएका ताम्राकारले आफुहरुसंग बिहेको लागी रथको सुविधा पनी रहेको बताए ।














