गोदावरीको मछेलीमा आकर्षक पार्क निर्माण गरिँदै

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका ११ स्थीत मछेली खोलामा आकर्षक पार्क निर्माण गरिन लागेको छ । नगरपालीकाको वडा नम्बर ११ ले उत्त पार्क निर्माण गर्न लागेको हो । अहिले सुरुवाती चरणमा खोला छेउको खाली जमीनमा वडाले ५ कठ्ठा जमीनमा उत्त पार्क निर्माण गरिरहेको वडा नम्बर ११ का वडा अध्यक्ष शिव विकले बताए । सम्भव भएसम्म यसै आर्थीक वर्षमा पार्क निर्माणको काम सम्पन्न गर्ने उनको भनाई छ ।

nisarga

पार्क निर्माणकालागी आर्थीक वर्ष २०७४÷७५ मा एक लाख बजेट खर्च गरिएको र चालु आर्थीक वर्षमा डेढ लाख बजेट छुटइएको अध्यक्ष विकले जानकारी दिए । मछेली क्ष्ोत्र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण रहेको छ,यहाँ पर्यटकलाई आकर्षीत गर्न सकिने धेरै सम्भावनाहरु छन् उनले भने  “ नजीकैको डाँडामा ताराकोट पनी छ,पहाड र तराँइको अनुभव एकै ठाँउबाट लिन सकिन्छ,पार्क निमार्ण स्थलको नजीकै एउटा झोलुगें पुल पनी छ र अर्को झोलुगें पुल समेत बन्ने भएको छ ।”

पार्क स्थलभित्र पानीको सुविधा सहित बस्न मिल्ने सानोसानो कटेजहरु र बाहिर पीकनिक स्पोट समेत बनाउने योजना रहेको उनले बताए । चार वर्ष अघी नै आफुले उत्त पार्कको काम सुरुवात गरेर बोटबिरुवाहरु रोप्ने प्रयास गरेको भएपनी बोटबिरुवाहरु जोगाउन नसकिएको उनले सुनाए । सुरुवातको समयमा केहि बोटबिरुवा रोपेर हुर्काउने धेरै प्रयास गरे विकले भने “तर गाईगोरु र बाख्राले बारम्बार खाँदा संरक्षीत गर्नै सकिएन । ” उत्तक्षेत्र प्राकृतिक सुन्दरताले मनमोहक भएको हुँदा आन्तीक पर्यटकहरु अहिलेपनी आईरहेको र पार्क निमार्ण भएपछी त्यो संख्या वृद्धी भएको उनले बताए ।

अरु केकस्तो बनाउने भन्ने विषयमा डिपीआर तयार पार्नका लागी आफुले प्रयास गरिहेको विकको भनाई छ । पार्क निमार्णको उत्त आयोजनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न डिपीआर गरी बृहत योजनाको रुपमा गोदावरी नगरपालीका,प्रदेश मन्त्रालय र संघीय मन्त्रालयमा पेश गर्ने योजना आफुले बनाएको उनले बताए ।

कैलालीको अत्तरियाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको उत्त स्थान प्राकृतिक सौन्दर्यताले निकै भरीपुर्ण छ । चारैतिर डाँडाले ढाकेको र बिचमा समतल भएको मछेली खोलाको किनार तथा पहाडको फेदीमा निमार्ण भइरहेको पाकर्मा फोटो सेसनकालागी लागीपनी आजभोली दिनमा पचास साठी जना पर्यटकहरु पुग्ने गरेको विकको भनाई छ । नगरपालीकाभित्र दुर्गम भनेर चिनीने ओलानी क्षेत्रको विकासमा समेत पार्कले टेवा उनको विश्वास छ ।

स्थानीय युवा बादल विकले भिजन सहित सम्पुर्ण ओलानी क्षेत्रको विकासकालागी उत्त पार्क निर्माण गरिएकोमा अध्यक्ष विकलाई धन्यवाद दिदै भने ओलानीलाई सबैले दुर्गम स्थान भनेर भन्ने गरेका छन्,यो पार्क पुर्णरुपमा सम्पन्न भएर संचालनमा आएपछी यहाँको विकासमा यस्लेपनी सहयोग गर्ने छ ।”पार्कको वरीपरी नेपालको झण्डाहरु फहराँउदा र नजीकै रहेको डाँडाको टुप्पोमा भ्यु टावर राखीदा अझै राम्रो हुने उनको बुझाई छ । पछील्लो समय टाढाबाट यो स्थानमा फोटो खिच्न,टिकटक बनाउन तथा जन्मदिन मनाउन पनी यहाँ आउने गरेको उनले बताए ।