सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखी सुरु

Image
maya metro

धनगढी – कैलालीको धनगढीमा मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप सुरु भएको छ। सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा २८ गतेसम्म सञ्चालन हुने गोल्डकपको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका हुन् । ।

उद्धघाटन कार्यक्रममा आयोजकले मुख्यमन्त्री भट्टलाई २१ किलो, कृषिमन्त्री विनिता चौधरी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीलाई ११/११ किलोको माला लगाएको छ। यस्तै सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह र कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीलाई पनि ११/११ किलोको माला लगाइएको छ।

nisarga

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन्।