अत्तरिया महोत्सवको म्याद ४ दिन थप

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको म्याद ४ दिन थप गरिएको छ । फागुन १३ गते देखि सुरु भएको महोत्सवको म्याद ४ दिन थप गरिएको मंगलबार पत्रकार सम्मेलको आयोजना गरी जानकारी दिइएको छ ।

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा संचालन भइरहेको महोत्सव यसअघि फागुन २५ गते सम्म संचालन हुने कार्यतालिका रहेको थियो ।
महोत्सवमा दर्शकको माग बमोजिम ४ दिन म्याद थपि गरिएको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले बताएका छन ।

nisarga

महोत्सव अब फागुन २९ गते संम्म संचालन हुनेछ ।