अत्तरिया महोत्सवमा आज नायक आर्यन सिग्देल आउदै

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज (शुक्रबार) नेपाली चलचित्र क्षेत्रका चकलेटी नायक आर्यन सिग्देल आउदै छन् । नायक सिग्देलसंगै चर्चित लोकदोहोरी गायिका पुर्णकला बिसि, मोडेल टिका जैशी लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

चलचित्र क्षेत्रमा स्थापित भएका आर्यनले ‘किस्मत’बाट चलचित्रमा डेब्यु गरेका हुन् । उनको डेब्यू चलचित्र नै हिट भयो । त्यसपछि मौसम, मेरो एउटा साथी छ, कायरा, हजार जुनीसम्म, च च हुई लगायत हालसम्म आर्यनले तीन दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् भने चर्चित लोकदोहोरी गायिका पुर्णकला बिसिले म बिनाको गाउँमा, हे सानु किन टाढा भयौ, पृथ्वीमा छु, जय जय होस, कलाकारले देखे, जुग जाने माया गरौला, पुलिसवाला लगायतका दर्जनौ चर्चित गितहरु गाएकी छन् । यस्तै महोत्सवमा आज स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञ राज जोशीले बताएका छन ।

nisarga

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा यही फागुन १३ गतेदेखी सुरु भएको छैटौ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव २९ गतेसम्म सञ्चालन हुनेछ ।