
अत्तरिया – कैलालीको गोदावरी नगारपालीका वडा नम्बर ५ का राना समुदायका महिलाहरु डेलुवा बनाउन सिकीरहेका छन् । अत्तरिया सामुदायीक सिकाइकेन्द्रको आयोजना तथा युनेस्को काठमाण्डौको सहयोगमा वडाका १० जना महिलाहरु डेलुवा बनाउन सिकीरहेका हुन् । अत्तरिया सामुदायीक सिकाइकेन्द्रले अमुर्त साँस्कृतिक सम्पदा संरक्षण तथा पुस्तान्तरण कार्यक्रम अन्र्तगत डेलुवा तथा झोला बुनाइ तालीमको आयोजना गरेको हो ।
तालीमको प्रशिक्षण रामकुमारी रानाले गरीरहेकी छिन् । उनले डेलुवा, बिहेमा बेहुलाले बोक्ने झोला लगाएतका राना समुदायको पहिचान बोक्ने सामानहरु हराँउदै गईरहेको बताईन् । आफुले रुची राखकाले मात्रै डेलुवा बनाउन सिकेको तर पछील्लो पुस्ताले डेलुवा, बिहेमा बेहुलाले बोक्ने लगाएतका सामानहरु बनाउमा रुची पनी नराख्ने उनले बताईन् । मेरै पुस्ताका पनी कचिलाई आँउदैन उनले भनीन मैले त धेरै रुची राखेकाले मात्रै सिक्न पाएको हुँ । राना समुदायमा डेलुवाको धेरै महत्व छ ।


श्राद्ध,बिहे,तिज लगाएत मर्दापर्दाका प्राय सबै काममा डेलुवा अनीवार्य हुने प्रशिक्षार्थी शारदा रानाले बताईन् । ४२ वर्षीय रानाले सबै ठाँउमा आवश्यक हुँदा सिक्न खोजेको भएपनी सिकाउने मान्छे नै नपाएका कारण सिक्न नसकेको बताईन् । अर्की प्रशिक्षार्थी सामा रानाले लोभ हुनै लागेको हाम्रो सँस्कृति जोगाउन भएपनी अहिले आफुहरु डेलुवा बनाउन सिक्न लागेको बताईन् । उनले भनीन् अहिलेका बालकालीका विधालय जान्छन्,पढ्छने तर आफ्नो सँस्कृति प्रति चासो नै राख्दैनन् ।
विधालयमा आफ्नो सँस्कृतिको जर्गेना गर्ने खालको पढाइ नै नहुने उनीहरुले गुनासो गरे । डेलुवा, बिहेमा बेहुलाले बोक्ने झोला बनाउने पछील्लो पुस्तामा हस्तान्तरण नहुँदा चाहिएको बेला पाउन पनी मुस्कील हुने गरेको अर्की प्रशिक्षार्थी प्रभा रानाले बताईन् । डेलुवा बनाउनकालागी काँशको प्रयोग गरिने भएपनी पछील्लो समय काँश पाउन नसकिने भएपछी ऊनको प्रयोग गरिदै आएको छ । ऊनबाट बनेको डेलुवा आकर्षक देखीने भएकाले पनी ऊनकै प्रयोग गरिने उनीहरुले बताए ।

डेलुवा,झोला लगाएतका लोपोन्मुख सामग्री बनाउन सिकीसकेपछी व्यवशायीक रुपमा समेत अघि बढाउन सकिने तालीमका सअभागीहरुले बताए । डेलुवा रासमण्डली,डोखाली,सिक्टी,घिउरी गरि थुप्रै प्रकारका हुने र यिनीहरु छुट्टाछुट्टै काममा प्रयोग हुने उनीहरुले बताए । अत्तरिया सामुदायीक सिकाइकेन्द्रकी सामाजीक परिचालक गोमा ढकालले अमुर्त साँस्कृतिक सम्पदा संरक्षण तथा पुस्तान्तरणको उदेश्य राखी उत्त कार्यक्रम संचालन गरेको बताईन् ।
उनले राना समुदायबाट बेहुलाको ड्रेस लगाएत अन्य कुराहरु सिक्नकालागी माग भएको भएपनी बजेट अभावका कारण डेलुवा र झोला बनाउन मात्रै सिकाउन सकिएको बताईन । गोदावरी नगरपालीका वडा नम्बर ५ मा फाल्गुन १४ गतेदेखी संचालीत उत्त तालीम चैत्र १० गते समापन हुने जनाईको छ ।














