बैतडीमा अनुमति बिना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ

Image
maya metro

बैतडी – बैतडीमा अनुमति बिना प्याराग्लाइडिङ गरिरहेका एकजना विदेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अष्ट्रीयाका ३२ वर्षीय फिलिप जेल्नर रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

जेल्नरलाई दशरथचन्द नगरपालिका १ मुस्याचौरस्थित सुख्खा फलफूल विकास केन्द्रको डाँडाबाट नियन्त्रणमा लिइएको हो । उनले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ गरेका थिए ।

nisarga

प्याराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भएपनि उनले बिना अनुमती प्याराग्लाइडिङ गरेकोले नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । भारतीले भने,“ नियन्त्रणमा रहेका उनले पोखराबाट बसमा आएको भनेर भनेका छन्, बसमा आएको टिकट छैन्, पासपोर्ट पनि पोखरामै छ भनेको छ । ”

नियन्त्रणमा लिइएको जेल्नरसंग अष्ट्रीयामा प्याराग्लाइडिङ गर्ने अनुमती पत्र रहेको भने नेपालको लागि अनुमति नरहेको भारतीले बताए । मार्च ३० सम्म नेपालमा रहने पर्यटक भिसा रहेका उनलाई आवश्यक कारवाहीका लागि मंगलबार नागरिक उडड्यन कार्यालय धनगढी पठाइएको छ ।