
अत्तरिया – नेपाल साँस्कृतिक संघको स्थानीय पालिका गठन प्रक्रिया अन्तर्गत कैलालीको चुरे गाउँपालिकामा नेपाल साँस्कृतिक संघ चुरे गाउँपालिका तदर्थ समिति गठन गरिएको छ ।
शनीबार नेपाली कांग्रेस चुरे गाउँपालिका सभापति हेम बिक्रम शाहको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत डोटेली कान्छा प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा नेपाल साँस्कृतिक संघको चुरे गाउँपालिकामा दामोदर रिजालको सभापतित्वमा १३ सदस्यीय तदर्थ समिति चयन गरिएको छ ।
त्यस्तै सदस्यमा धनसरा साउँद,जितबहादुर खडायत,जीवन थापा,कुमार सुर्जा मगर,रघुप्रसाद उपाध्याय ,बुद्धिसागर सापकोटा ,मिलन अधिकारी ,पदम बहादुर खडायत , रोशन बिष्ट,धिरज धामी र प्रदिप नेपाली लाई चयन गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा शुभेच्छुक संघसँस्थाका प्रतिनीधीहरुको उपस्थीती रहेको थियो ।




























