
बैतडी – बैतडीमा १४ बर्षीय बालिका बलात्कृत भएकी छिन । चैत ४ गते बालिकामाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीले बलात्कार आरोपमा २ जनालाई पक्राउ गरिसकेको जनाएको छ । बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका ५ का २५ बर्षीय महेश तामाङ र २८ बर्षीय गोपाल गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

प्रहरीले दुवै जना माथि अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । आरोपित दुवै जना सडकमा काम गर्नका लागि बैतडी आएका बुझिएको छ ।













