गिरिजाप्रसाद कोइरालाको स्मृतिमा दिप प्रज्वलन

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेसका पुर्ब पार्टी सभापति एवं पुर्ब प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसमा श्रद्धाञ्जली तथा दिप प्रज्ज्वलन गरिएको छ ।
नेपाल साँस्कृतिक संघ जिल्ला कार्यसमिति कैलालीले कोइराला प्रती श्रद्धाञ्जली अर्पण सहित दिप प्रज्ज्वलन गरेको हो ।

संघको कार्यालयमा स्वर्गीय कोइरालाको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्दै वहाँ प्रती श्रद्धाञ्जली अर्पण सहित उहाँको सम्झनामा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको थियो ।

nisarga

श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत(डोटेली कान्छा) ले नेपाल साँस्कृतिक संघका जन्मदाता समेत रहनु भएका पुर्ब प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पुर्ब पार्टी सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको राजनीतिक , सामाजिक एवं साँस्कृतिक योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल साँस्कृतिक संघका केन्द्रीय सदस्य द्वय सरस्वती खडका भट्ट , प्रेम बिबश चन्द, जिल्ला सदस्यहरु दलबहादुर बोगटी , मेघा भट्ट , जमुना साउँद लगायतका साँस्कृतिककर्मीहरुको सहभागीता रहेको थियोे ।