लागूऔषध मुद्दामा फरार धनगढीका युवक पक्राउ

Image
maya metro

धनगढी – कैलालीको धनगढीबाट प्रहरीले लागूऔषध मुद्दाका फरार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ का ३४ वर्षीय आशिष भनिने नविन देउवा रहेका छन्।

जिल्ला अदालत कैलालीले उनलाई २०६९ चैत १३ गते १ वर्ष ३ महिना २८ दिन कैद सजाय र ७ हजार ५ सय जरिमानाको सजाय सुनाएको थियो। त्यसपछि फरार सूचीमा रहेका देउवालाई आज मंगलबार उपमहानगरपालिकाको वडा नम्बर ४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

nisarga

उनलाई पक्राउपछि जिल्ला अदालतमा पेश गरेकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जानकारी दिएको छ।