
धनगढी – आजदेखि कैलालीको धनगढीमा १५ औँ सुदूरपश्चिम महोत्सव सुरु हुँदै छ ।
कैलाली उद्योग वणिज्य संघको आयोजनामा बिहिबार देखि चैत्र २० गते सम्म महोत्सव आयोजना हुन लागेको हो ।महोत्सवको उद्घाटन दिउँसो २ बजे सुदूरपश्चिमका मुख्यमन्त्रि त्रिलोचन भट्टले गर्ने कार्यक्रम रहेको छ ।

सुदूरपश्चिम महोत्सवमा कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलमा लाग्ने महोत्सव स्थलमा खोप केन्द्र स्थापना गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका, बागेश्वरी असल शासन क्लब (बास) नेपाल, युनिसेफ लगाएत विभिन्न संघसंस्थाको सहयोगमा संयुक्त रुपमा खोप केन्द्र राखीएको हो।
उक्त खोप केन्द्रमा कोभिड १९ विरुद्धको पहिलो, दोस्रो तथा बुस्टर डोज खोप लगाउन पाइने बास नेपालका सामाजिक परिचालक तेज बोहराले जानकारी दिए।




























