
काठमाडौं – सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छिन्। शुक्रवार सम्पन्न आठौं महाधिवेशनमा कमला पन्थीलाई दुई मतले पराजित गर्दै तुम्खेवा विजयी भएकी हुन्।
महाधिवेशनले उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यातलाई निर्वाचित गरेको छ।

यस्तै‚ सदस्यहरूमा पार्वता चौधरी, साजना तामाङ, सलोजा दाहाल, नुनुता राई, लोग्सरी कुँवर, मञ्जिला ढकाल, राधा खनाल र पवित्रा मुडभरी विजयी भएका छन्।





























