
कैलाली – कैलालीमा जंगलमा बाख्रा चराउन गएकी १२ बर्षिय बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–६, बस्ने ५२ बर्षिया कल्लु दमाई पक्राउ परेको प्रहरीले जनाएको छ
शनिबार साँझ घर नजीकैको जंगलमा बाख्रा चराउन गएका बेला बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। बाख्रा चराएर घर फर्कने क्रममा ती बालिकालाई पुरुषले बलात्कार गरेको आफन्तहरुले बताएका हुन ।

बलात्कार गरेको आरोपमा पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको कैलाली प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताएका छन् ।





























