
अछाम – अछाममा माटोले ढिस्कोले पुरीएर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको मंगलसैन नगरपालीकाको वडा नंम्बर ७ जैशीगाँउकी २६ वर्षीय धनसरा जैशीको माटो खन्ने क्रममा ढिस्कोले पुरीदा मृत्यु भएको हो ।

यस्तै सोहि ठाँउकी चन्द्रा जैशी भाईते भएकी छन् । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको जनाईएको छ ।
सुदूरपश्चिममा चैतेदशैँ तथा नयाँ वर्षको समयमा घर लिपपोत गर्ने चलन छ । यहि समयमा माटोको ढिस्कोमा पुरीएर वर्षेनी कतिपय व्यत्तिले ज्यान गुमाउँदै आएका छन् ।













