
काठमाडौं – हप्ताको पहिलो कारोबार भएको दिन, सोमबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।
गत विहीबार बढेको शेयर बजार सोमबारको बढ्ने अपेक्षा विपरीत घटेको छ।

आजको नेप्से कारोबार परिसूचक ४४.५६ अंकले घटेर २४१९.८० विन्दुमा झरेको हाे।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक घटेको छ।
सोमबार कारोबारमा आएका २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ।
नेप्से परिसूचकमा गिरावट आए पनि गत बिहीबारको कारोबार रकम भन्दा सामान्य सुधार भएको छ।
नेप्सेका १३ वटै उप समूहको परिसूचक राताम्मे भएको छ।
जसमध्ये अन्य उप समूहको परिसूचक सर्वाधिक ४.६२ प्रतिशत घटेको छ।
त्यस्तै जीवन बीमा , वित्त, जलविद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक घटेको छ।












