दरिद्र मनिस्थिति भएकाहरुले चरित्र हत्या गर्न खोजेः कर्ण मल्ल

Image
maya metro

डडेल्धुरा – नेपाली काँग्रेस डडेल्धुराका पूर्व सभापति कर्णबहादुर मल्लले आफ्नो नाम जोडेर चरित्र हत्या गर्न खोजेको बताएका छन्। जिल्लामा हार्ने डरले हतोत्साहित भएर आफ्नो चरित्र हत्या गर्न झुटो समाचार छाप्न लगाएको उनले बताएका हुन्।
सुदूरपश्चिम सरकारका पूर्व सांसद समेत रहेका मल्लले बिहीवार एक विज्ञप्ति निकालेर समाचार माध्यममा आफू र नेत्री कमला विष्टको नाम जोडेको प्रकाशित भएको समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेका छन्।

‘निर्वाचन आचारसंहिताको उल्लंघन गरि राष्ट्रवाणी डटकममा मेरो नाम जोडेर कपोकल्पित बनाइ प्रकाशित भएको सामाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। व्यक्तिगत चरित्रको हत्या हुने गरि बनाइएको झुटो सामाचारको घोर भत्सर्ना गर्दछु’ उनले लेखेका छन्।

nisarga

मल्लले झुटो सामचारप्रति कसैले पनि भ्रमित नहुन आग्रह गर्दै उक्त सञ्चार माध्यमलाई कानुनी कारबाही गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। साथै उनले चुनाव हार्ने मनस्थितिबाट राजनीतिक रुपमा गरिब र दरिद्र मनिस्थितिको उपज स्वरुप आएको समाचारमा कुनै सत्यता नभएको र संघर्षशील योद्धालाई मैदानमै रहन मल्लले आग्रह गरेका छन्।
उनले उक्त विषयमा प्रेस काउन्सिलमा उजुरी दिएर भ्रमित समाचार प्रकाशित गर्ने राष्ट्रवाणी डटकमललाई कारबाहीको माग गरेको समेत बताए। अहिले राष्ट्रवाणी डटकमले उक्त समाचार हटाइसकेको छ।

यस्तो छ विज्ञप्ति: