
अत्तरिया – देशभर बिहान ७ बजेबाट स्थानीय तहका जनप्रतिनीधी छनोटकालागी मतदान भईरहेको छ ।
पालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदका लागि मतदान भईरहेको हो । कैलालीका मतदान स्थलहरुमा आफ्नै सरकार छान्न्नकालागी मतदाताहरुको उत्साहजनक सहभागीता देखीएको छ ।

मतदानकेन्द्र बाहिर भेटीएकी गोदावरी ८ की ७० वर्षीय नारु थापाले आफुले भोट हालेको व्यत्तिले जित्दा मन खुसी हुने बताईन् ।

सङ्घीय शासन प्रणालीअनुसार तीन तहका सरकारहरूमध्ये स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा भएको थियो । स्थानीय तहको दोसा्रे निर्वाचन आज हुँदै छ । केहिदिनदेखी देश नै निर्वाचनमय बनेको छ । कैलालीका स्थानीय पनी आफ्नो सरकार आफै छान्ने उत्सुकता बोकेर बिहानैदेखी पालो कुर्दै भोट खसालीरहेका छन् ।






















