
अत्तरिया – गोदावरी नगरपालीकाकी निवर्तमान नगरउपप्रमुख रत्ना कडायतले बिगत ५ बर्षको कार्यकालमा थुप्रै जनअपेक्षा,जनचाहनाहरू सिमित श्रोतसाधनका बिच धेरै कार्य पूरा गर्न नसकेको बताएकी छिन् । संघिएताको पहिलो प्रयास भएकाले पनी स्पष्ट कानुन,ऐन नियमको शुरूवाती अभाव,सिमित श्रोतसाधन,दक्ष जनशक्तिको अभावका कारण धेरै कार्य मार्गचित्र बमोजीम गर्न नसकेको उनको भनाई छ ।
५ बर्षे कार्यकालको करिब एक चौथाई समय कोरोना महामारीले हाम्रो पालिका पनि बिशेष प्रभावित रह्यो उनले भनीन् इमान्दारी पुर्बक जनमतको अक्षरस कदर गर्दै, मेरो सिमित अधिकार र कार्य क्षेत्र भित्र रही पुर्वाधार विकास ,मानविय, सामाजिक, न्यायिक निरूपण कार्य, विगतको अत्तरिया शहर गाउँ र हालको अवस्था तुलनात्मक रूपमा सफा,सुन्दर र विकासमा केही परिवर्तन भएको छ ।”
न्याय सम्पादन कार्य प्रभावकारी, छिटोछरितो, चुस्त दुरूस्त बनाउन शुरूका दिनमा निकै कठिन भयको अनुभव उनले सुनाएकी छिन् । संवैधानिक व्यवस्था र स्थानिय सरकार संचालन ऐन २०७४ ले प्रत्यायोजन गरेका अधिकार क्षेत्र सिमित भएकाले सो बाहेकका उजुरि हेर्न मेरा लागि निकै कठिन थियो तथापि कतिपय निवेदनमाथि दुवै पक्षका कुरा सुनी सहज बनाउने र बाँकी निवेदन दरपिठ गरि अगाडि प्रकृया मा बढाउने हर प्रयास गरिरहे कडायतले भनीन् ।

नगर भित्र सडक, पुल,नदि तटबन्धन, शुद्व खानेपानी,सिचाई, स्वास्थ्य, शिक्षा, विद्यालय भवन,न्याय सम्पादन कार्य,अनुगमन,पर्यटन पुर्वाधार,भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गाको नापि कार्य, कृषिमा आधुनिकिकरण,पशुपालन लगायतका क्षेत्रमा विशेष कार्यक्रम संचालन गर्न विभिन्न दौडधुप र कठिनाइका बाबजुत आफु र आफ्नो टिमले काम गरेको उनले बताईन् ।
नगरमा ५० किलोमिटर नयाँ सडक निर्माण गरिएको उनले बताइन् । २०७४ चुनावमा १२ घण्टा पैदल लाग्ने सल्लि नायल, फुलबस्तिमा बाटो पुर्याई यातायातको साधन सोहि स्थानमा पुग्ने व्यवस्था गरिएको उनले बताइन् ।
उनका अनुसार ५२ किलोमिटर सडक कालो पत्रे गरिएको छ भने चार वटा झोलुङ्गे पुल निर्माण गरिएको छ । उनले पाँच वर्षमा न्यायिक समितिमा तीन सय ७५ उजुरी दर्ता भएकोमा तीन सय ५७ उजुरी मिलापत्रमा टुङ्ग्याइएको थियो भने १८ उजुरीको निर्णय गरिएको र १८ उजुरी प्रक्रियामा रहेको जानकारी दिइन् ।
उनले नगरमा १२ वटा मेलमिलाप केन्द्र व्यवस्थापन ७३ मेलमिलापकर्ता सूचीकृत गरिएको जानकारी दिइन् । पाँच वर्षमा सो नगरपालिकाले ५३ वटा ऐन नियम कानुन, निर्देशिका, कार्यविधि निर्माण गरेको छ भने तीन वटा विद्यालयमा प्राविधिक शिक्षा लागू गरेको जनाइएको छ । नगरपालिकाले सात सय जनालाई अपाङ्गता भएको परिचयपत्र वितरण गरेको छ ।खासगरी नगरलाई सुन्दर,सफा बनाउन र आम नागरिकलाई नगरपालिकाबाट प्रदान गर्नु पर्ने सेवा लाई मुस्कान सहितको छिटो, छरितो सेवा दिने प्रणाली विकास गर्न विभिन्न सरोकारवाला व्यक्तिहरु तथा कर्मचारी मित्रहरु संग बारम्बार छलफल र सहकार्य गर्ने कोसिस गरेको उनको भनाई छ ।















