पेट्रोलको मूल्य १० रुपैयाँ घट्याे

Image
maya metro

काठमाडौं – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

nisarga

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो। बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य आकासिएको थियो।

खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।