
अत्तरिया – वर्तमान राजनीतिमा युवा पुस्ताको खोजी भईरहेका बेला डडेल्धुराको गन्यापधुरा गाँउपालीकाका सबै स्थानीय तहमा युवा नेतृव्व छनोट भएको छ । पाँच ओटा वडा रहेको गन्यापधुरामा निर्वाचित भएका गाँउपालीका अध्यक्ष,उपाध्यक्ष सहित पाँचै वडाका अध्यक्षहरु तीस ÷चालीस सेरोफेरोका छन् । पालीकामा निर्वाचित भएका जनप्रतिनीधीहरु युवामात्रै नभइ शिक्षीत र अनुभवी पनी उत्तिकै छन् ।
गाँउपालीका अध्यक्षमा लोकप्रिय मतकासाथ निर्वाचित भएका ईन्द्र बहादुर कार्की ४२ वर्ष कटेका छैनन् । १६ वर्षको उमेर देखी नै राजनीति सुरु गरेका उनी ने वि संघ का केन्द्रीय सचिव पनी भैसकेका छन् । संयोग बस नै भनौ हाम्रो गाँउपालीकाका सबै स्थानीय तहमा अहिले युवा नेतृत्व निर्वाचित भएको छ कार्कीले भने “स्थानीयको हामीप्रतिको अपेक्षा पनी बढी भएका कारण हाम्रा सामु धेरै चुनौती छन् ।”

यहाँका युवाहरुलाई स्वरोजगार बनाउनकालागी उनीहरुकै ईच्छा बमोजीमका कार्यक्रम अघि सार्ने उनले बताए । स्नातक सम्मको पढाई सकेर राजनीति संगै व्यवशाय समेत गरीरहेका उनी राजनीतिमा आवद्ध व्यत्तिको आर्थीक स्रोतको अन्य बाटो भए सहज हुने बताँउछन् । पालीकामा बेरोजगारी अन्त्य कसरी गर्न सकिन्छ भन्नेतर्फ आफु केन्द्रीत हुने बताँउदै अध्यक्ष कार्की भन्छन् “यहाँ सडक सञ्जाल देखी लिएर बसाँसराँइ रोक्ने वातावरण सिर्जना गर्नेछौँ ।”
त्यस्तै गाँउपालीकाको उपाध्यक्ष बनेकी ३२ वर्षीय ज्ञानु सेठ्ठीले पढाइमा पनी स्नातकोत्तर पास गरी सकेकी छिन् । २०६१ सालदेखी राजनीति सुरु गरेकी उनी महिला लक्षीत कार्यक्रम अघि सार्ने बताँउछिन् । महिलाहरुमा पाठेघर खस्ने लगायतका स्वास्थ्य समस्या अधिक हुने भएको हुँदा समयसमयमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको उनले बताईन् ।
गन्यापधुराका अधिकांश महिलाहरु कृषी पेशामै आश्रीत छन् उनले भनीन्“कृषीलाई मध्यनजर गर्दै आधुनीक कृषी खेतीका तालीम,बिउबिजन लगायतका कुरामा सहयोग गर्नेछौँ । ” पढेलेखेका महिलाहरुलाई रोजगारीको व्यवस्था गर्नेछौँ,महिलाहरु अझैसम्म पनी खुम्चिएको समाजबाट बाहिर निस्कीन सकेका छैनन,महिला उत्थानका कार्यक्रमहरु अगाडी सार्छौँ, पढेलेखेका महिलाहरु समेत लोकसेवा कक्षा पढ्नकालागी बजारतीर जान नसक्ने अवस्था छ यो प्रवृतीको अन्त्य गछौँ उनले भनीन् । महिला हिंसा दुरुत्साहन गरी न्यायको आवास दिलाउने सेठ्ठीले बताईन् ।
प्रधानमन्त्री तथा नेपाली कांगस्रेका सभापती शेर बहादुर देउवाले मतदान गरेकै वडा नम्बर १ मा नेपाली कांग्रेस वि पी बाट मा विजयी भएका नरेश भण्डारी पनी जितेर आईसकेपछी आफ्ना सामु थुप्रै चुनौती रहेको बताँउछन् । ३७ वर्षीय भण्डारीले आफ्नो वडामा गत कार्तिक पहिलो हप्ता आएको पहिरोले सबै क्षेत्र तहसनहस पारेकोले अझै बढी चुनौती रहेको बताए । “पहिरोले बस्तीदेखी लिएर खानेपनीका ट्याङ्की,पाईप,सिचाइ गर्ने कुलो,विधालयका भवन लगायतका ठाँउमा क्षती पुर्याएकाले त्यहि मर्मतमै ठुलो रकमका साथै समय खर्चीनुपर्ने भएको छ” भण्डारीले भने ।
पहिरोकै कारण तिखातर र पड्सल गाँउका बस्ती नै सार्नुपर्ने अवस्था रहेको उनले बताए । पढाईमा कक्षा १२ पास गरेका उनी पछील्लो समय सामुदायीक विधालयको गुणस्तर पनी खस्कीदै गएको हुँदा त्यतातिर पनी ध्यान दिनुपर्ने बताँउछन् । युवाहरुको बेरोजगारीको समस्या न्युनीकरण पनी आफ्नो प्राथमीकतामा पर्ने उनले बताए । त्यस्तै वडा नम्बर २ का अध्यक्ष मनोज देउवा पनी आफुहरु वडा र पालीकामा युवा जोशजाँगरका साथ काम गर्ने बताँउछन् ।
जनप्रतिनिधी युवा भएकै कारण युवाहरुको अपेक्षा बढी नै हुन्छ उनले भने “यहाँका समस्या संग हामी परिचत नै छौँ सकेसम्म समाधान गछौँ ।” उमेरले भर्खरै ३० वर्ष कटेका उनी आफ्नो वडामा मदिरा नियन्त्रण,सामुदायीक विधालयको गुणस्तर वृद्धी,स्वास्थ्य सँस्थामा स्तरीय सेवा,खानेपनी,युवा स्वरोजगार लगायतका काम लाई प्राथमीकतामा राख्ने बताँउछन् । कक्षा १२ पढेर स्कुले जीवन बिट मारेका देउवा गाँउपालीकाकै कान्छा जनप्रतिनीधी हुन् ।
उनी निवर्तमान पालीका अध्यक्षका प्रेस सल्लाहकार समेत रहेका थिए । पढाइमा मास्टर्स गरिसकेका वडा नम्बर ३ का अध्यक्ष चक्र देउवा करिब १७ वर्षे शिक्षण पेशापछी राजनीतिमा प्रवेश गरेका हुन् । ४२ वर्षीय उनी आफ्ना वडाको समस्याप्रति राम्रोसंग परिचित भएकोले सोहि अनुसारका कार्यक्रम अघि सार्ने बताँउछन् । यसअघि गाँउपालीककाको प्रवत्ताको जिम्मेवारी पनी सम्हालेका देउवाले वडादेखी समग्र पालीकाका सामुदायीक विधालयको गुणस्तर सुधार गर्नुपर्ने बताए ।
स्वास्थ्य क्षेत्रको अवस्था बलीयो बनाउनकालागी हरेक टोलका आधारभुत स्वास्थ्य इकाइ गठन गरिएको उनले बताए । हामीले हरेक टोलमा स्वास्थ्य इकाइ गठन गरेका छौँ देउवाले भने“जेष्ठ नागरिकहरुलाई दमको औषधी उपलब्ध गराउने,रत्तचाप जाँच गर्ने,पा्रथमीक उपचार गर्ने लगायतका काम यो इकाइले गर्दै आएको छ ।” अहिले बजेट बनाउने बेला पनी भएकोले युवाहरुको भेला गरी उनीहरुको आवश्यकता बमोजीमका कार्यक्रम ल्याउने उनको भनाई छ ।
युवा लक्षीत कार्यक्रम भन्ने बित्तिकै सबैले जागीर मात्रै बुझ्ने सोचका कारण केहि समस्या हुने गरेको उनको बुझाइ छ । वडा नम्बर ४ का वडा अध्यक्ष नरेश भट्ट पढाइ सकेर बाहिरी देश जाने प्रवृती रोक्ने आफ्नो प्रयास रहने बताँउछन् । स्नातक पासपछी जिल्ला सदुमुकाममै होटल व्यवशाय गर्दै आएका ३३ वर्षीय भट्टले राजनीति गर्ने व्यत्तिले पुर्ण समय जनताकै बिचमा बिताउनुपर्ने बताए । भट्टपनी सामुदायीक विधालयको पढाइको गुणस्तरप्रति भने सन्तुष्ट छैनन् ।
“पहिले भवन लगायतका भौतिक पुर्वाधार नभएको समयमा समेत राम्रो नतिजा ल्याउने विधालयको समेत अहिले नतिजा खस्कीँदै गएको छ,यस्कालागी विधालयमा हुने राजनीति अन्त्य गर्नुपर्ने हुन्छ ” उनले भने । अहिले निर्वाचित जनप्रतिनीधी संघियताको दोस्रो चरणमा भएकाले “सिक्दैछौ” भन्ने अधिकार नभएको र उपलब्धी देखाउनुपर्ने बेलाा भएको उनले बताए । वडाबासीका सानासाना समस्यामा पनी सामेल हुँदै स्वास्थ्य,शिक्षा,रोजगारी सिर्जना गर्ने कुरामा आफु बढी केन्द्रीत रहने उनको भनाई छ ।
त्यस्तै वडा नम्बर ५ का अध्यक्ष चन्द्रप्रकास (सि पी) रोस्यारा वडामा जुन क्षेत्रमा जे समस्या छ त्यहि क्षेत्रका व्यत्ति राखेर समाधानकालागी पहल गर्ने बताँउछन् । स्वास्थ्य क्षेत्रमा समस्या आँउदा स्वास्थ्य क्षेत्रकै व्यत्ति,शिक्षा क्षेत्रका समस्या समाधानकालागी शिक्षा क्षेत्रकै व्यत्तिसंग समुन्वय गरी अघि बढ्ने उनले बताए । युवालाई रोजगारी प्रदान गर्नेदेखी कृषीक्षेत्रलाई प्रोत्साहन गर्ने योजना अगाडी सार्ने उनले बताए । वडामा लोकप्रिय मतकासाथ विजयी भएका ४३ वर्षीय रोस्यारा स्नातकोत्तर पास हुन् ।
“वडामा समस्या थुप्रै छन् ,समस्या समाधानकालागी सबैको सल्लाह र सुझाव लिएर अघि बढ्छु उनले भने ।”
















