दार्चुलामा एक पुरुष मृत फेला

Image
maya metro

दार्चुला – दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। शैल्यशिखर नगरपालिका–६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्। महाकाली लोकमार्गको गोकुलेश्वर–खलङ्गा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुकीदेखि हराएका धामी आज मृत भेटिएको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। मृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

nisarga