बनलेक स्वास्थ्य चौकिलाई औषधि सहयोग

Image
maya metro

अत्तरिया – डोटि शिखरनगरपालिकामा रहेको को बनलेक स्वास्थ्य चौकिलाई औषधि सहयोग गरिएको छ ।

स्थानीय रुपा बास्कोटाको सहयोगमा स्थानिय गहनान युवा क्लबका अध्यक्ष एवम समाजसेवी युवा योगेन्द्र रावतले बनलेक स्वास्थ्य चौकिलाई औषधि हस्तान्तरण गरेका हुन् ।

nisarga

रावतले तीस हजार रुपैयाँ बराबर ज्वरो,खोकि,दम,ग्यास्टृक,झाडापखाला,पथ्थरि लगाएतका औसधि नगरपालिकाका मेयर दीर्घ बहादुर बलायर तथा वडा नम्बर १० का अध्यक्ष मीन बहादुर बलायरको रोहबरमा स्वास्थ्य चौकिका इन्चार्ज बल बहादुर खत्रीलाई हस्तान्तरण गरेका हुन् ।

दम लगायतका औषधि स्थानीय सामान्य नागरिकलाई समेत आवस्यक परिरहने हुँदा आफुहरुले सके बमोजिम औषधि सहयोग गरेको रावतले बताएका छन् ।