
अत्तरिया – विरभद्र केदार विधुत बहुउदेश्यीय सहकारी सँस्थाले विधुत प्राधिकरण प्रादेशीक कार्यालय अत्तरियाको असहयोगले ग्राहक मर्कामा जनाएको छ ।शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सँस्थाले भोल्टेज कम भएका ठाँउमा ट्रान्सफर्मर जडानका लागी रकम उपलब्ध गराँउदा समेत ट्रान्सफर्मर जडान नगरेका कारण विधुतका ग्राहकलाई मर्का परेको जनाएको हो ।
विरभद्रले विधुत प्राधीकरणले ११ के भिए लाईन समयमा मर्मत नगरी जनताको धनजनको क्षती हुने अवस्थामा राखीएको बताएको छ । विधुत प्राधिकरण प्रादेशीक कार्यालय अत्तरियाले ११ के भिए लाईन,ट्रासफर्मर र एल टि लाईनकोसेवा दिनुका साथै ३३ के भिए लाईन र शाखाको सुपरीवेक्षण गर्दै आएको छ ।

विधुत नियमित सुचारुकालागी हिँउदे समयमा मर्मत तथा क्षमता वृद्धीकालागी आवश्यक व्यवस्थापन गर्ने जिम्मा प्रादेशीक कार्यालय अत्तरियाको हो पत्रकार सम्मेलनमा विरभद्र केदार विधुत बहुउदेश्यीय सहकारी सँस्थाका अध्यक्ष एवम् विधुत उपभोत्ता महासंघका सदस्य कृष्णराज पन्तले भने “यस्कालागी नेपाल विधुत प्राधीकरणले प्रादेशिक कार्यालय मातहत दरवन्दीका बाहेक ठेक्काप्रथाद्धारा १०० जना प्रशाशनीक तथा १०० जना प्राविधीक कर्मचारी ज्यालामा राखी झण्डै ३ करोड रुपैँया खर्च हुन्छ ।”
तर बिग्रीएका विधुत संरचनाको समयमा मर्मत नहुँदा गर्मी मौसममा समेत १२ घण्टासम्म सेवाग्राहि विधुतबाट बञ्चित हुनु परेको उनले बताए । विधुतिय सँस्थाले पेश गरेका फाईलहरु ६ महिनासम्म कारबाहि नगरीकन राखेको,कोरोनाका कारण आहत भएको अवस्थामा दिएको सहुलिएत सँस्था फर्महरुलाई नदीएको,ग्राहकले बुझाएको रकम कम्युटरमा एथाअवस्थामा राखी पुन ग्राहकसंग माग गर्ने अवस्थामा राखेको पत्रकार सम्मेलनमा बताईएको छ ।
त्यसैगरी नेपाल विधुत प्रादेशीक कार्यालय अत्तरियाले आफ्ना ग्राहकहरुलाई मिटर रिडिङ्ग नै नगरी २५ प्रतिशत सम्म जरिवाना तिर्न लगाएको तथा सँस्थाले तिर्ने विधुत महसुलमा ५ प्रतिशत थप जगीया कर लिने गरेको विरभद्रले आरोप लगाएको छ । नेपाल विधुत प्राधीकरणले यहि अव्यवस्था बनाईराखेमा ग्राहकमा असनतुष्टी पैदा भई विद्रोह गर्न बाध्य हुने समेत विरभद्र केदार विधुत बहुउदेश्यीय सहकारीले चेतावनी दिएको छ ।
कर्मचारीको लापरवाहिको कारण वर्षातको समयमा हुने हानी नोक्सानीको जवाफदेहि सुदूरपश्चिम प्रादेशिक कार्यालयका कर्मचारी स्वयम हुने व्यवस्था गरीदिन समेत विरभद्र केदार विधुत बहुउदेश्यीय सहकारी सस्थाले अनुरोध गरेको छ ।
विरभद्र केदार विधुत बहुउदेश्यीय सहकारी सँस्थाले १३ वर्षदेखी विधुत प्राधिकरणका गोदावरी नगरपालीका तथा धनगढी उपमहानगरपालीकाका केहि गरी ५ हजार ग्राहक हेर्दै आएको छ ।
















