हवाई भाडा बढ्यो, धनगढी रुटमा सबैभन्दा धेरै

Image
maya metro

काठमाडौँ –  नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ ।वायु सेवा सञ्चालक सङ्घले पर्सि बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको छ ।

नयाँ भाडाअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा आठ सय ४० रुपैयाँले बढेको छ।

nisarga

काठमाडौं–धनगढी रुटमा हवाई सेवा प्रदायकले अधिकतम १६ हजार आठ सय पाँच रुपैयाँसम्म लिन पाउनेछन्।

आयल निगमले गए रातिदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको भाउ प्रतिलिटर १९ रुपैयाँले बढाएको छ।

यस्तै विमानस्थल शुल्क पनि अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच सय तथा अन्यमा चार सय र तीन सय रुपैयाँले बढेको छ।