तुइन चुँडिएर वेपत्ता बुढाथाेकीको खोजीकार्य तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

Image
maya metro

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले दार्चुला जिल्ला ब्यास गाउँपालिका वडा नम्बर २ मा भारतबाट तुइनदेखि नेपालतर्फ आउँदै गर्दा वेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी वेपत्ता बुढाथोकीको खोजी कार्य तीव्र बनाउन निर्देशनदिएका हुन् ।

nisarga

 साथै उन्ले सशस्त्र र नेपाल प्रहरी मिलेर रातिसम्म खोज्दा पनि फेला पार्न नसकेको बताएका छन् । बिहीबार थप फौज पठाएर खोजी कार्य तीव्र बनाउने उनकाे भनाइ छ ।