
डडेल्धुरा – डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा द्विजराज भट्ट विजयी भएका छन्। भोजराज भट्टलाई ९५ मतले पराजित गर्दै भट्ट विजयी भएका हुन्। उनले ५७७ मत पाएका छन्।
नयाँ नेतृत्व चयन गर्नका लागि शनिबार मतदान भएको थियो। आइतबार बिहान सकिएको मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित द्धिजराज ५ सय ७७ मत ल्याउँदा भोजराजले ४ सय ८२ मत पाएका छन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक महता विजयी भएका छन्। उनले ६११ मत पाउँदा निकटमत् प्रतिद्वन्द्वी लालमणी पन्तले ३९९ मत ल्याए। संघको वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थी विजयी भएका छन्।
अवस्थीले ६११ मत पाउँदा उनका प्रतिस्पर्धी महादेव भट्टले ३६३ मत ल्याएका छन्। महासचिवमा विष्णुराज जोशी६४४ मत पाउदै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी दिनेशप्रसाद पनेरुले ३६९ मत पाए। सचिव महिलामा मिना फुलारा ६५७ मत पाउदै विजयी हुँदा लक्ष्मी ऐरले ३३४ मत पाइन्।
निर्वाचन समितिका अनुसार सदस्यमा ७०३ मत ल्याउदै हरिप्रसाद उप्रेती, ६९६ मत ल्याएका सीताराम पाण्डेय र ६७६ मत ल्याएर धर्मदेव पाण्डेय विजयी भएका छन्।
यस्तै मोहनबहादुर देउवा ६७२, धनबहादुर ठकुराठी ६५१, लोकराज पाण्डेय ६३५ र टेकराज ओझा ६१७ मत ल्याएर सदस्यमा विजयी भएका छन्। सात जना सदस्यका लागि नौं जना चुनावी मैदानमा थिए। ५३५ मत ल्याएका गणेश साँकी र ६१३ मत ल्याएका सुनिल घिमिरे पराजित भएका छन्। संघमा एक हजार २९४ सदस्य रहेकोमा एक हजार ८८ मत खसेको थियो।














