माइक्रो फाइनान्स बन्द गराउनुपर्ने माग

Image
maya metro

काठमाडौँ – लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले सरकारसँग लघुवित्तीय संस्था खारेज गर्न माग गरेको छ।

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारसँग यस्तो माग गरेको हो।

nisarga

संघर्ष समितिले सरकारले लघुवित्तीय संस्थाहरूले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरूलाई निःशुल्क ऋण दिनुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र रकमको व्यवस्था गर्नुपर्ने र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग राखेको छ।