
काठमाडौं – पिसाबमा संक्रमण र डेंगु देखिएपछि शताब्दी पुरुष सत्यमोहन जोशी शुक्रबार किस्ट अस्पतालमा भर्ना भएका छन्।
अस्पतालले उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको जनाएको छ।

किस्ट अस्पतालले जोशीलाई छाति तथा मुटुको समस्या पुरानो समस्या रहेको‚ उनको पिसाबमा समस्या देखिएको र डेंगु पनि देखिएको जनाएको छ।
ललितपुरको किष्ट शिक्षण अस्पतालले जोशी र उनकी पत्नी राधादेवीको स्वास्थ्य उपचारको जिम्मेवारी वहन गर्दै आएको छ।














