स्याउलेमा २५ लाख बढी लगानीमा एस के फेसन प्यालेस संचालनमा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा एस के फेसन प्यालेस संचालनमा आएको छ ।

फेसन प्यालेसको सोमबार घटस्थापनाको अवसर पारी उद्घाटन गरीएको हो । स्याउलेका दुइजना युवाहरु प्रताप साँउद र मधु सुदन पन्तले २५ लाख बढी लगानीमा फेसन प्यालेस संचालनमा ल्याएका हुन् ।

nisarga

उत्त फेसन प्यालेसमा जेन्स,लेडिज र बच्चाका सबैखाले कपडाहरु सुपथरुपमा उपलब्ध हुने संचालक साँउद र पन्त ले बताएका छन् ।

फेसन प्यालेसमा यहाँका ग्राहकको माग अनुसार सबैमुल्यका कपडा राखीएको र ग्राहकलाई उचित मुल्यमा गुणस्तरिय सामान उपलब्ध गराउने उनीहरुले बताएका छन् ।

अली राम्रो लुगा खोज्न स्याउलेभन्दा बाहिरको बजार जानुपर्ने स्थानीयको बाध्यता लाई ध्यानमा राखी एस के फेसन प्यालेस संचालनमा ल्याएको उनीहरुलले बताएका छन् ।