बनबेहडामा २ करोड बढी लगानीमा सुविधा सम्पन्न होटल “आगमन” सञ्चालनमा

Image
maya metro

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालीका स्थीत वडा नम्बर ६, बनबेहडामा २ करोड भन्दा बढी लगानीमा सुविधा सम्पन्न “आगमन” होटल सञ्चालनमा आएको छ । युवा व्यवसायी राज शर्माले “आगमन” होटल तथा रेष्टुरेन्ट संचालमा ल्याएका हुन् ।

आज घट्स्थापनाको अवसरमा गौरीगंगा नगरपालिकाका नगर उपप्रमुख भोज बहादुर बमले एक समारोहका विच होटलको उद्घाटन गरेका हुन । स्थानिय स्तरमा लगानी प्रोत्साहन गर्दै आन्तरिक पर्यटन लाई बढाउने उदेश्यले होटल सञ्चालन गरिएको हो ।

nisarga

एसि कोठाहरु, सेमिनारहल , नेपाली तथा विदेशी खानाका परिकार, प्रयाप्त पार्कीङको सुविधा रहेको संचालक शर्माले बताएका छन् ।