
डोटी – डोटी प्रदेश सभा “ख” मा माओवादी केन्द्रका उम्मेदवार शिवसिंह ओली र एमाले उम्मेदवार टेक बमका बीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।
ओली झिनो मतले बम भन्दा अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार २५ हजार १८५ मत गणना हुँदा ओलीले ११ हजार ३४८ मत तानेका छन् भने बमले ११ हजार ३४३ मत प्राप्त गरेका छन्।

राप्रपा उम्मेदवार मोहन बहादुर बमले १ हजार ८२ मत मात्रै पाए। १ हजार ४१२ मत बदर भएको छ ।
प्रदेश सभा ख तर्फ केआईसिंह गाउँपालिका – ५ को मत गणना भइरहेको छ।












