धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना

Image
maya metro

अत्तरिया – कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ।

शुक्रबार अपराह्न सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस दुर्घटना भएको हो।

nisarga

बैतडीको पाटन नगरपालिका–८ स्थत गैराखानमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार, बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ। बसमा सवार १७ जनाकाे उद्दार गरी पाटन स्वास्थ्य चाैकी, खाेड्पे स्वास्थ्य चाैकी र डडेल्धुरा अस्पताल लगिएकाे छ भने २ जनाकाे अवस्था गम्भीर रहेकाे जानकारी प्रहरी कार्यालय बैतडीका डिएसपी भुवन तिमिल्सेनाले दिए।