
अत्तरिया – डोटी प्रदेशसभा ‘१’मा नेकपा एमालेका उम्मेदवार चक्र मल्ल विजयी भएका छन्। लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन्।
नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका मल्लले १५,२७९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिंहले १४,८२९ मत पाएका छन्।

त्यस्तै डोटी प्रदेश सभा “ख” बाट सत्तारुढ गठबन्धनका उम्मेदवार शिवसिंह ओली विजयी भएका छन्। नेकपा माओदीका तर्फबाट उम्मेदवार बनेका ओली नेकपा एमालेका उम्मेदवार टेक बमलाई पराजित गर्दै विजयी भएका हुन्।
प्रदेश सभा “ख” मा खसेको ३० हजार २३४ मत मध्य ओलीले १४ हजार ४७ मत पाए भने निकटतम प्रतिद्वन्दी बलमे १३ हजार १२८ मत पाएका छन्।












