
काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट झण्डै २० केजी सुन बरामद भएको छ।
विमानस्थल भन्सार कार्यालयका अनुसार करिब २० केजी सुनसहित एक विदेशी नागरिक पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सुडानी नागरिक करिब ३२ वर्षका मोहम्मद अहमेदले डफला साराफेल्दिन रहेका छन्। विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रमा चेकजाँचका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनले ल्याएको झोलाबाट १९ केजी ९ सय ग्राम सुन बरामद गरिएको हो ।














