कैलालीमा दुई लाख बढीका भन्सार छलीका सामान बरामद

Image
फाइल फोटो
maya metro

धनगढी – कैलालीका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका करिब २ लाख २९ हजार रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले बेवारिसे अवस्थामा रहेका बिडी, सुर्ती, धोती, ब्लाउज, सुटपिस र साडीलगायतका सामान बरामद गरेको हो ।

nisarga

प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य २ लाख २९ हजार ४ सय रुपैयाँ रहेको छ । आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले ती सामान नियन्त्रणमा लिएको जनाएको छ ।