
डोटी – डोटीको सिलगढी स्थीत टुँडिखेलमा जारी खप्तड–शैलेश्वरी अन्तर विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा पद्मा पब्लिक मुक्तिनारायण मा.वि. विजयी भएको छ । मर्निङ्ग लाईट ईंग्लिस बोर्डिङ्ग स्कुल र पद्मा पब्लिक मुक्तिनारायण मा.वि. सिलगढी बिच भएको पहिलो खेलमा ३–२ गोल अन्तर ले पद्मा पब्लिक मुक्तिनारायण मा.वि. विजयी भएको हो । दोस्रो खेलमा सुनाखरी बोर्डीङ्ग स्कुल विजयी भएको छ । भागरथी ऐकेडेमी र सुनाखरी बोर्डीङ्ग स्कुल बिच भएको खेलमा १–० गोल अन्तरले सुनाखरी बोर्डीङ्ग स्कुल विजयी भएको हो ।
तेस्रो खेल सुजुङ्ग बोर्डिङ्ग स्कुल र तेडी मा.वि. बिच भएकोमा ९–० को गोल अन्तरले सुजुङ्ग बोर्डिङ्ग स्कुल विजयी भएको छ । आजै भएको चौथो खेल पवित्र बोर्डिङ्ग र स्कुल देवि मा.वि. बिच भएकोमा २–० गोल अन्तरले पवित्र बोर्डिङ्ग स्कुल विजयी भएको छ ।त्यसैगरी भोलीे बिहान दश बजे दोस्रो चरणको खेल सुजुङ्ग ईंग्लिस बोर्डिङ्ग स्कुल र पिसजोन ऐकेडेमी बिच हुने भएको छ ।

त्यसैगरी “खप्तड–शैलेश्वरी अन्तर स्कुल फुटबल (छात्र) तथा कबड्डी (छात्रा) प्रतियोगिता“ २०७९ अन्तर्गत कबड्डी प्रतियोगिता भोलीे ११ः३० बजेबाट हुने भएको छ । जस्मा पहिलो खेल मगलेख मा.वि. र पिस जोन ऐकेडेमी बिच हुनेछ भने दोस्रो खेल खप्तड बोर्डीङ्ग स्कुल र सुजुङ्ग ईंग्लिस बोर्डिङ्ग स्कुल बिच हुनेछ । त्यसैगरी कबड्डी प्रतियोगिता अन्तर्गत तेस्रो खेल तेडी मा.वि. र भागरथी ऐकेडेमी बिच हुनेछ र चौथो खेल पवित्र बोर्डिङ्ग स्कुल र देवी मा.वि. बिच हुने खेल संयोजक समेत रहेका भैरव प्रसाद गणका सह सेनानीे सौरभ चौधरीले जानकारी दिएका छन् ।















