सुनको भाउ फेरि बढ्यो

Image
फाइल तस्बिर
maya metro

काठमाडौं – सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ७ सय रुपैयाँमा पुगेको छ ।

आजको भाउ हिजोको भन्दा तोलामा २ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।

nisarga

चाँदीको भाउ भने आज पनि स्थिर छ । २ दिनयता चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलामा आज पनि एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।