
बैतडी – जिल्ला अस्पताल बैतडीमा बाल रोग विशेषज्ञ सेवा सुरु भएको छ । माघ ९ गतेखी अस्पतालमा बाल रोग विशेषज्ञ सेवा सुरु भएको हो ।
बालरोग विशेषज्ञ डाक्टर रिषि काफले अस्पतालमा हाजिर भएपछि विशेषज्ञ सेवा सुरु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्र सिंह डोबालले जानकारी दिए ।

विशेषज्ञ डाक्टरको अभावले सेवा लिन जिल्लाका नागरिकहरुले यहाँबाट डडेल्धुरा, धनगढी लगायतका अन्य ठाउँमा जानु पर्ने बाध्यता थियो ।
यस्तै जिल्ला अस्पतालमा नाक, कान, घाँटी रोग विशेषज्ञ सेवा पनि सञ्चालनको प्रकृयामा रहेको छ ।
केहि दिनमा विशेषज्ञ डाक्टर आइपुग्ने र त्यसपछि नाक, कान, घाँटी रोग विशेषज्ञ सेवा सुरु हुने उनले बताए । जिल्ला अस्पातलमा अहिले हाडजोर्नीको अप्रेशन हुनुका साथै हर्नीया, हाइड्रोसिलको समेत अप्रेशन हुने गरेको छ ।


















