
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ३ मा आयोजित वडा स्तरिय पुरुष डबल ब्याटमिन्टन प्रतियोगितामा वडा नम्बर ३ प्रथम भएको छ । गोदावरी विकास समितिको आयोजनामा भएको उत्त प्रतियोगितामा फाइनलमा वडा नम्बर ४ लाई २–१ को सेटमा पराजित गर्दै वडा नम्बर ३ ले जित निकालेको हो । प्रथम भएसंगै वडा नम्बर ३ ले १५ हजार १०० नगद रुपैँया प्राप्त गरेको छ । वडा नम्बर ३ बाट प्रकाश कुमार भाट र आशिष भट्टराइले खेलेका थिए ।


दोस्रो भएको वडा नम्बर ४ को टिमले ७ हजार ५ सय रुपैयाँ पाएको छ । वडा नम्बर ४ को तर्फबाट भीम सिंह ठकुराठी र शेर बहादुर साउँदले खेलेका थिए । प्रतियोगितामा वडा नम्बर १ र वडा नम्बर २ को टिमले तृतिय स्थान हासिल गरेका छन । वडा नम्बर १ को टिमबाट सन्तोष भट्ट र पुस्कर जोशीले खेलेका थिए । वडा नम्बर २ बाट कमल मल्ल र समिर भट्टराई सहभागि थिए ।

तृतीय हुनेले ३ हजार ५ सय रुपैयाँ पुरस्कार पाएका छन । प्रतियोगितामा वडा नम्बर ४ का खेलाडी भिम सिंह ठकुराठी बेस्ट प्लेयर भए भने वडा नम्बर ३ का खेलाडी आशिष भट्राइ राइजिङ प्लेयर घोषीत भए । प्रतियोगिताका विजयी टिमलाई व्यवशायी धुर्व भट्टराईको प्रमुख आथित्यमा सम्पन्न समापन कार्यक्रममा आजै पुरस्कार वितरण गरिएको छ । रिया स्पोट्स धनगढी,चौकीडाँडा महिला वन उपभोत्ता समिति मालाखेती,मानांक बचत तथा ऋण सहकारी सँस्था लिमिटेड अत्तरिया,क्रेटिभ कन्सट्रक्सन प्रा ली मालाखेतीले सहयोग गरेका थिए ।

त्यसैगरी मालाखेती पशु हाट हजार केन्द्र मालाखेती,उग्रतारा इटा उधोग मालाखेती,सुदूरपश्चिम कापी उधोग अत्तरिया र मालाखेती इटा उधोग मालाखेती पनी प्रतियोगितामा सहयोगीको रुपमा रहेका थिए । प्रतियोगितामा १८ ओटा टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा १८ ओटा टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा खेल संयोजकको रुपमा छत्र रोकाया रहेका थिए । कार्यक्रमको समापन गर्दै गोदावरी विकास समितिका अध्यक्ष टेक बहादुर साँउदले प्रतियोयतिा सम्पन्न गर्न सघाउने सबैपक्षलाई धन्यवाद दिए ।






























