
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा रहेको दुर्गाज्योती ईङ्गलिस माधयमिक विद्यालयको १६ औँ वार्षीकोत्सव सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै गोदावरी नगरपालीका वडा नम्बर का वडा अध्यक्ष गोविन्द चौधरीको प्रमुख आतिथ्यमा वार्षीकोत्सव तथा अभिभावक दिवश सम्पन्न भएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै गोदावरी नगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष गोविन्द चौधरीले निजी विद्यालयले जनशत्ति उत्पादनमा महत्वपुर्ण भुमीका खेलेको बताए । उनले दुर्गाज्योति मा वि ग्रामीण भेगमा संचालनमा आएर पनी यहाँका बालबलीको शैक्षीक स्तर सुधारमा लागी परेको बताए ।
यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै विद्यालयका प्रीन्सीपल तेजनाथ जोशीले ग्रामीण भेगमा निजी विद्यालय गर्न थुप्रै कठीनाइहरु भएको बताए । “यहाँका अधिकांश अभिभावककोे आर्थीक अवस्था नाजुक छ विद्यालयका संचालक समितिमा समेत रहेका उनले भने आमाबुवाहरु कमाउनकालागी भारत लगायतका ठाँउहरुमा जानुहुन्छ,यहाँ बच्चा अरुसंग छोड्नुहुन्छ,बच्चाले राम्रो संग पढेको छ छैन त्यो हेरीदिने मान्छेपनी घरमा हुँदैन । ” उहाँहरुसंग हामीले कहिले अन्र्तक्रिया नै गर्न पाँउदैनौँ जोशीले थपे “अभिभावक,शिक्षक र विधार्थीबिच जती गहिरो सम्बन्ध भयो त्यति नै प्रतिफल राम्रो आउने हो । ”

त्यस्तै विद्यालयका संचालक दिनेशचन्द्र जोशीले आफुहरुले व्यत्तिगत नाफा भन्दापनी यहाँको समुदायको आवश्यकता हेरेर १६ वर्षअघि निजी विद्यालयको स्थापना गरेको बताए । उनले यो ग्रामीण भेगमा निजी विद्यालय संचालन गर्न थुप्रै चुनौती रहेको बताए । विषयगत शिक्षकहरु पाउन समेत गाह्रो हुने गरेको उनले बताए । विषयगत शिक्षक लिन खोजेमा ठुलो लगानी गर्नुपर्छ उनले भने त्यसकालागी हाम्रो आर्थीक अवस्थाले भ्याउँदैन । आफुहरुले शिक्षकको रुपमा स्थानीयलाई नै प्राथमिकतामा राख्ने गरेको जोशीले बताए । १६ वर्षअघि स्थापना भएको दुर्गाज्योती मा वि मा हाल करिब ७ सय जना विद्यार्थी अध्यनरत छन् भने ३७ जना शिक्षा रहेका छन् ।

वार्षीकोत्सव तथा अभिभावक दिवश कार्यक्रममा गत शैक्षीक सत्रमा प्रत्येक कक्षामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरीएको थियो । कार्यक्रममा अभिभावक,विद्यार्थी,विभीन्न सरकारी तथा गैरसरकारी संघ सँस्थाका प्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।


















