साथीसँग पिकनिक मनाउन बैतडीका एक युवक मृत फेला

Image
maya metro

बैतडी – पिकनिक मनाउन बैतडीका एक युवक मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका जीवन बुडाल दशरथचन्द नगरपालिका ६ चौलानी नदी किनारमा मृत फेला परेका हुन् ।

शनिवार दिउँसो साथीहरुसँग पिकनिक मनाउन गएका बुडाल शनिबार राति ९ बजे चौलानी नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

nisarga

मृतक युवक शनिवार आफन्त केही नातेदारसहित दशरथचन्द नगरपालिका–६, शेरा हुँदै चौलानी नदीको जाडा बगडसम्म पिकनिक मनाउन गएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैडतडीले जनाएको छ।