
अत्तरिया – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा सहभागि हुन स्ववियु कार्यतालिका अनुसार आज विद्यार्थी संघ संगठनले संगठन दर्ता गरेका छन् ।
कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा ८ विद्यार्थी संघ संगठन दर्ता गरिएका छन । सुदूरपश्चिम विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु कार्यतालिका अनुसार शुक्रबार दिउँसो ३ बजे सम्म ८ विद्यार्थी संघ/संगठन/समुह दर्ता भएका हुन् ।

जस अन्तरगत अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (छैठौ) संयुक्त प्यानल, स्वतन्त्र विद्यार्थी समुह, अखिल (क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु–समाजवादी), नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन गर्दा भएको निर्वाचन अधिकृत लोक बहादुर महराले बताएका छन ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसमा चैत्र ८ गते स्ववियु निर्वाचन हुँदैछ । विश्वविद्यालयको निर्वाचन कार्यतालिका अनुसार फागुन २८ गते मतदाता सूची प्रकाशित गरिने छ भने चैत्र १ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।
उम्मेदवारी गर्दा पछि चैत ४ गतेदेखि चैत ६ गते दिउँसो २ बजेसम्म प्रचार प्रसारको समय तोकिएको छ । चैत ८ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

















