तोलामा १७ सयले बढ्यो सुनको भाउ

Image
maya metro

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलामा १७ सयले बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ।

nisarga

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो।