बाहिनीपति ट्रफीको उद्घाटन खेलमा भैरव प्रसाद गण विजयी

Image
maya metro

डोटी – डोटी स्थीत श्री नं. ५ बाहिनी अड्डाको आयोजनामा संचालन भईरहेको “बाहिनीपति ट्रफीकोे उद्घाटन खेलमा भैरव प्रसाद गण विजयी भएको छ । दिपायल सिलगढी नगरपालीका ४ स्थीत खप्तड रंगशालामा भैरव प्रसाद गण र श्री भवानीबक्स गण बिच भएको उद्घाटन खेलमा भैरव प्रसाद गण शुन्यका विरुद्ध तीन गोलले विजयी भएको हो ।

खेलको अन्तिम समयमा भवानीबक्स गणले पेनाल्टी पाएपनि गोल गर्न असफल रह्यो । खेलमा बाहिनी अड्डा अन्तरगत रहेका ३ वटा गण भवानीबक्स गण अछाम, भैरव प्रसाद गण डोटी र देवीदल गण कैलालीको सहभागिता रहेको छ । प्रतियोगीताको दोस्रो खेल भोली दिँउसो ३ बजे भैरव प्रसाद गण र देवीदल गण बिच हुनेछ ।

nisarga

चैत्र ३ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा प्रथम हुने टिमले कैलालीमा रहेको सुदूर पश्चिम पृतना हेड क्वाटर तेघरी व्यारेकमा चैत्रमा संचालन हुने “पृतनापति ट्रफी–२०७९”मा सहभागिता जनाउने छ ।