
बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गणमेश्वरबाट देहीमाण्डौं तर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप आज बिहान ११ बजेको समयमापञ्चेश्वर गाउँपालिका ५ तिलकपुर भिटा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । १२ जना सवार रहेको जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ । अन्य ११ जना घाइते रहेका छन् । उनीहरुको उद्धार कार्य भइरहेको छ । घाइतेहरुको परिचय खुलेको छैन् ।


















