नास्टमा अध्ययनरत कक्षा १२ का विधार्थीको बिदाई

Image
maya metro

अत्तरिया – धनगढीको नास्ट कलेजमा अध्ययनरत कक्षा १२ का विधार्थीको बिदाई गरीएको छ । बुधबार कक्षा ११ मा अध्ययनरत विधार्थीहरुले एक कार्यक्रमकाबिच बिदाई गरेका हुन् । कक्षा ११ का विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरेका थिए ।

सो अवसरमा उक्त विद्यालयबाट चिकित्सा विज्ञान तर्फ एमबिबिए अध्ययनका लागि यस बर्ष छनोट भएका ७ र इन्जिनियर अध्ययन अन्तर्गत ५ विद्यार्थी मध्ये स्वास्थ्य विज्ञानमा पूर्ण छात्रबृति प्राप्त २ र उनीहरुका आमा बुुवालाई सम्मान समेत गरिएको थियो ।

nisarga

कार्यक्रम कक्षा ११ को छात्रा रिता पण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका उप प्राध्यापकहरु कर्मचारीहरु, प्राचर्य नास्ट कलेजका प्राचार्यहरु  र विद्यार्थीहरुको उपस्थिति थियो । कार्यक्रमको प्रमुख आतिथ्य कलेजका प्रबन्ध निर्देशक शिवहरि शर्मा मुडभरीले गरेका थिए ।