
बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका ८ कालागाँउका ३७ बर्षिय बाशुदेव जोशीका हत्या अभियुक्त पक्राउ परेका छन् ।
दोगडाकेदार गाउँपालिका ८ तोली भन्ने ठाउँबाट सोमबार हत्या अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।

उनि मृकतका आफन्त नै रहेको र पुर्ण विवरण पछी आउने प्रहरीले जनाएको छ । जोशीको शव शनिबार राती ८ बजेको समयमा घर नजिकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
















