बजेट अधिवेशन आजबाट सुरू हुँदै

Image
maya metro

काठमाडौँ – बजेट अधिवेशन आइतबारबाट सुरू हुँदैछ। जसअनुसार संघीय संसद्अन्तर्गतका दुवै सदनका बैठक आज आइतबारदेखि सुरु हुँदैछ।

गत बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

nisarga

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद् सचिवालय, बानेश्वरमा बस्ने महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल सुरू हुनेछ।

अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्नेछन्। संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो।